Thaha

Saturday 21 September - 4:49 pm NST

नेपाली  टिम आज विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न युएइ प्रस्थान गर्दै

काठमाडौं, १७ कार्तिक । नेपाली राष्ट्रिय क्रिकेट टिम आज विश्व क्रिकेट लिग च्याम्पियनसिप खेल्न युएइ प्रस्थान गर्दैछ । टोली दिउँसो ४ बजे युएइ प्रस्थान गर्ने कार्यक्रम रहेको नेपाल क्रिकेट संघ क्यानले जानकारि दिएको छ ।

पारस खड्काको कप्तानीमा रहेको टोलीमा, ज्ञानेन्द्र मल्ल उपकप्तान छन । टोलीमा बसन्त रेग्मी, शरद भेषावाकर, शक्ति गौचन, सोमपाल कामी, सागर पुन, अनिल मण्डल, करण केसी, महेश क्षेत्री, पृथु बास्कोटा छन् ।

त्यस्तै विक्रम सोव र इर्शाद अहमद टिमका नयाँ अनुहार छन भने सुवास खकुरेल, नरेश बुढायर र मेहबुब आलमले पुनरागमन गरेका छन् ।  विनोद भण्डारी, प्रदिप ऐरी, सिद्धान्त लोहनी र भुवन कार्की भने प्रारम्भीक टिममा नै परेका थिएनन् । पपुवा न्युगिनीसँग यहि ३० गते र मसिंर २ गते हुने एकदिवसिय विश्व च्याम्पियनसिप प्रतियोगिता खेल्न नेपाली टोली त्यस तर्फ प्रस्थान गर्न लागेको हो । 

आठ राष्ट्र सहभागि रहको च्याम्पियनसिपमा शिर्ष ६ मा रहने टोलीले सन २०१९ मा हुने एक दिवसिय विश्वकप खेल्ने पाउँनछन । युएइमा नेपाल पपुवा न्युगिनिसँग खेल्नु अघि हङकङसँग पर्सि र १९ गते दुई दिवसिय, पाकिस्तानसँग २२ गते, युएइको स्थानिय टिम डानुबेसँग २५ गते र ओमानसँग २८ गते एक दिवसिय अभ्यास खेल खेल्ने कार्यक्रमे छ ।